२४ वैशाख २०८१, सोमवार

मेची क्राउन बाहिर राजाबादीको र्याली

९ मंसिर २०८०, शनिवार
Image

झापा, ९ मङसिर । मेचीनगरबाट पूर्वराजा ज्ञानेन्द्र शाहलाई विर्तामोड पुर्याउन राजाबादीहरुको ठूलो समूह एकत्रित भएको छ ।

धुलाबारीस्थित होटल मेची क्राउनमा हिजो बास बसेका शाहलाई आज दिउँसो मोटरसाइकल र्यालीसहित विर्तामोडमा लैजाने राजाबादीहरुको कार्यक्रम रहेको छ ।

विर्तामोडको इकोम कलेज र त्यहाँ रहेको पृथ्वीनारायण शाहको शालिकको उद्घाटन गर्न पूर्वराजा शाह काठमाडौंबाट हिजो झापा आएका हुन् ।

होटल बाहिर भेला भएको समूहले राष्ट्रिय झण्डा बोकेको छ । कारको पनि ठूलो संख्या त्यहाँ देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी झापाको आह्वानमा पूर्वराजा शाहलाई र्यालीको स्कर्टिङसहित विर्तामोड पुर्याउने कार्यक्रम तय भएको हो । तर, भेला भएकाहरुले राप्रपाको झण्डा बोकेका छैनन् ।