२४ वैशाख २०८१, सोमवार

पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको शालिक अनावरण

१० मंसिर २०८०, आइतवार
Image

झापा, १० मंसिर । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् ।

विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् ।

कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा पुगेका थिए । उनी बसेको धुलाबारीस्थित होटल मेची क्राउनबाट नारावाजी र र्‍यालीसहित विर्तामोडस्थित कार्यक्रमस्थलमा ल्याइएको थियो ।

राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजीसहित उनलाई विर्तामोडसम्म ल्याएका थिए । विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट पूर्वराजा शाह हिँड्दै कार्यक्रम स्थलतिर गएका थिए । 

शालिक अनावरणपछि शाहले केहिवेर सांस्कृतिक कार्यक्रम अवलोकन गरेर निस्किएका थिए । शाहले भने कार्यक्रममा सम्बोधन गरेनन् ।