१० फागुन २०८२, आइतवार

घरबाटै हिंसा अन्त्य गरौं भन्दै काँकरभिट्टामा निस्कियो र्याली

१२ मंसिर २०८०, मङ्गलवार
Image

मेचीनगर, ११ मंसिर । मेचीनगर नगरपालिकाले आज काँकरभिट्टामा आयोजना गरेको महिला हिंसाविरुद्धको प्रभातफेरि कार्यक्रममा सयौ सहभागी भएका छन् ।

मंसिर ९ देखि २४ गतेसम्म महिला हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, महिला तथा वालबालिका शाखाकी प्रमुख जयन्ती खरेल, माइती नेपालका कोशी प्रदेश प्रमुख गोविन्द घिमिरे, पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष विष्णुकुमार श्रेष्ठ लगायतको उपस्थिति तथा प्रहरी, सर्वसाधारण, सञ्चारकर्मी र विद्यार्थीहरुको व्यापक सहभागितामा भएको प्रभातफेरि र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।

इप्रकाबाट सुरु भएको र्याली हनुमान मन्दिर अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले सम्बोधन गर्दै महिला हिंसा अन्त्यका लागि हातेमालो गर्न नगरबासीसँग आग्रह गर्नुभएको थियो ।

र्यालीका सहभागीले घरबाटै हिंसा अन्त्यको सुरुवात गरौं लगायतका नारा अंकित प्लेकार्ड बोकेका थिए ।