२२ वैशाख २०८१, शनिवार

सुरु भयो एमालेको सङ्कल्प यात्रा बैतडीबाट

१४ मंसिर २०८०, बिहिवार
Image

बैतडी, १४ मङ्सिर । नेकपा ९एमाले०को   ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आजदेखि  आरम्भ भएको छ । यात्राको एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो ।    

अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा आज बिहान  नेपाली झण्डा झण्डोत्तोलन  गरेर सङ्कल्प यात्रा शुभारम्भ गर्नुभएको हो । सो अवसरमा  अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को परिकल्पना पूरा गर्न अभियान थालिएको बताउनुभयो । राजनीतिक अस्थिरता अन्त्य गर्न र सकारात्मक परिवर्तनका लागि अभियान फलदायी हुने उहाँको भनाइ थियो । 

 सङ्कल्प यात्रा शुभारम्भपछि आजै बैतडी सदरकुकाम गोठलापानीमा आयोजना गर्न लागेको  आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले बैतडीले जनाएको छ  । आजै साँझ बैतडीको खोडपेमा बझाङका नेता कार्यकर्तासँग अध्यक्ष ओलीको भेटघाटको कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।