१६ वैशाख २०८१, आइतवार

बरिष्ठ कवि ढुंगानालाई झर्रो शैली सम्मान तथा पुरस्कार

२० मंसिर २०८०, बुधवार
Image

भद्रपुर, २० मंसिर । पूर्वकै सर्वाधिक सम्मानित रहेको चुडामणि रेग्मी झर्रो शैली सम्मान तथा पुरस्कार यस पटकका लागि वरिष्ठ कवि राजेश ढुंगानालाई प्रदान गरिने भएको छ । 

पूर्वका मोतीराम भनेर कहलिएका नेपाली साहित्यका दीर्घसेवक चुडामणि रेग्मीको नाममा यो सम्मान तथा पुरस्कार २०७५ सालमा स्थापित भएको हो । 

विगत चार दशक अघिदेखि कविता लेखनमा सक्रिय ढुंगाना त्यतिनै बेलादेखि पत्रकारितामा समेत सक्रिय हुनुहुन्छ । 

२०८० सालको लेखनाथ जयन्तिको अवसर पारेर पुस २६ गते ढुंगानालाई यो सम्मान तथा पुरस्कार प्रदान गरिने लेखनाथ पुस्तकालयले जनाएको छ उक्त सम्मान नगद रु. २५ हजार नगद पुरस्कारसहितको रहेको छ । 

कवि ढुंगानाकोे सयौँ फुटकर कविताहरु प्रकाशित छन् भने प्रकाशित संग्रहमध्ये कविता संग्रह ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ अत्याधिक चर्चित  छ ।