१६ वैशाख २०८१, आइतवार

सहकारी सभामा पत्रकार पौडेलसहित प्रतिभाहरु सम्मानित

२४ मंसिर २०८०, आइतवार
Image

मेचीनगर, २४ मंसिर । मेची कृषक बहुमुखी सहकारी संस्थाले खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेलसहित विभिन्न क्षेत्रका प्रतिभाहरुलाई सम्मान गरेको छ ।

संस्थाको २४ औं वार्षिक साधारणसभाको अवसर पारेर शनिवार उहाँहरुलाई सम्मानित गरिएको हो ।

पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार पौडेललाई उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको हो ।

सोही अवसरमा संस्थाले डा.योगेन्द्रकुमार कार्की, निर्माण व्यवसायी नयन बराल, मेचीनगर नगरपालिकाका ईन्जिनियर जीवन भट्टराई, सब ईन्जिनियर कमल शर्मा, श्याम दाहाल, प्रभाव भण्डारी लगायत कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

उत्कृष्ट कृषक कृष्ण पौडेल, तुलसा वस्नेत, उत्कृष्ट बचतकर्ता छविलाल अधिकारी, शमशेरबहादुर थापा, निर्मला अधिकारी, लक्ष्मी मेचे, उत्कृष्ट ऋणितर्फ तेजविर विश्वकर्मा, विष्णु भट्टराई, सुष्मा लिम्बु, बालबचत तर्फ तेजस्वी खनाल, डिगबहादुर खत्री लगायत दुई नर्जन बढीलाई नगदसहित सम्मान गरिएको थियो ।

प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा प्रदेश सांसद् गोपाल तामाङ, मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकी, उपप्रमुख मीना उप्रेती, निवत्र्तमान नगरप्रमुख बिमल आचार्य, वडाध्यक्षहरु कनक कार्की र गिरिराज धमला, होमराज गुरुङ लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष हरि बुढाथोकी, स्वागत भाषण समितिका सदस्य दुर्गाप्रसाद सापकोटा र सञ्चालन व्यवस्थापक दिपक काफ्लेले गर्नुभएको थियो ।