२ कार्तिक २०८१, शुक्रवार

पहिचानबादी नेता गोपाल किराँती पक्राउ

२६ मंसिर २०८०, मङ्गलवार
Image

झापा, २६ मंसिर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अबरोध गर्ने चेतावनी दिँदै आउनु भएको पूर्व मन्त्री एवम् पहिचानबादी नेता गोपाल किरातीलाई प्रहरीले पक्राउ गरेको छ । 

उहाँलाई खोटाङको हलेसीबाट पक्राउ गरिएको प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।

समितिले किरातीसहित पहिचान पक्षधर नौ जना नेतालाई प्रहरीले पक्राउ गरेको जनाउँदै उहाँहरुको बिनाशर्त रिहाइको माग गरेको छ ।

रिहाई नगरिएमा प्रदेश नं. १ मा अनिश्चितकालीन हड्ताल गर्ने समितिले चेतावनी दिएको छ । 

किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईका अनुसार खोटाङ र भोजपुरबाट आन्दोलनकारीहरु राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, मिना राई, दिनेश राई, पानामा राईलगायत पक्राउ पर्नु भएको हो ।

पक्राउ पर्नुभएको गोपाल किरातीले केही दिन अघि एमालेको संकल्प यात्रालाई लक्षित गरी एमालेको चिहान खनिसकेको उत्तेजक अभिव्यक्ति दिनु भएको थियो ।