८ कार्तिक २०८१, बिहिवार

कोशी प्रवेश गर्यो एमालेको संकल्प यात्रा

२६ मंसिर २०८०, मङ्गलवार
Image

झापा, २६ मंसिर । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा १३ औं दिनमा कोशी प्रदेश आइपुगेको छ ।  

अध्यक्ष केपी ओलीसहितका नेता तथा कार्यकर्ताहरुको लाम आज कोशी प्रवेश गरेको हो । यात्रालाई अवरोध गर्ने लक्ष्यसहित घुर्मीदेखि लेगुवासम्म पहिचानबादीहरुले घोषणा गरेको बन्द छिचोल्दै यात्रा खोटाङको दिक्तेल पुगेको छ ।

रामेछापको मन्थलीबाट बिहान हिँडेको ओली नेतृत्वको टोली सिन्धुलीको विभिन्न ठाउँमा भेटघाट, सभा गर्दै कोशी प्रदेश आइपुगेको हो । पुस २ गते कोशीकै पाँचथरको चिवाभन्ज्याङ पुगेर अभियानको समापन गरिनेछ ।

आज ओखलढुंगाको टोक्सेल हर्कपुरमा आमसभा भएको छ । शीर्ष नेताको स्वागतका लागि कोशीका अध्यक्ष घनश्याम खतिवडा, इन्चार्ज रघुवीर महासेठ, पूर्वमुख्यमन्त्रीद्वय शेरधन राई, हिक्मत कार्कीलगायत बहादुरे खोला पुल पुगेका थिए ।

पहिचानवादीले घोषणा गरेको बन्दलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको थियो । ओखलढुंगाको हर्कपुरमा सभा गरेर यात्रा खोटाङको हलेँसी हुँदै दिक्तेलमा बास बस्न पुगेको हो ।