२ कार्तिक २०८१, शुक्रवार

कोशीका मुख्यमन्त्रीलाई दमकमा अवरोध

२६ मंसिर २०८०, मङ्गलवार
Image

झापा, २६ मंसिर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दमकमा पहिचानवादी आन्दोलनकारीले आज अवरोध प्रयास गरेका छन् । 

दमक नगरपालिकाले आयोजना गरेको लागू औषधविरुद्धको कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री कार्की आउनु भएको थियो । 

नाराबाजी गर्दै आन्दोलनकारीको समूहले कार्कीको गाडीमा ढुंगा हान्नुका साथै कालो झण्डा देखाएका थिए । 

नाराबाजीमा एक दर्जन जति आन्दोलनकारी संलग्न थिए । प्रदेश नं. १ को कोशी नामाकरण भएकोमा पहिचानबादीहरु असन्तुष्ट रहेका छन् । उनीहरुले पहिचानका आधारमा प्रदेशको पुनः नामांकन हुनुपर्ने माग गर्दै आएका छन् ।