२४ वैशाख २०८१, सोमवार

आशिषलाई जेसिजको राष्ट्रिय पुरस्कार

३० मंसिर २०८०, शनिवार
Image

झापा, ३० मंसिर । झापाको दुहागढीमा रहेको सिंगापुर बेभरेज नेपालका प्रबन्ध निर्देशक आशिष शर्मालाई नेपाल जेसिजले उत्कृष्ट युवा पुरस्कारले सम्मानित गरेको छ ।

शुक्रबार बुटवलमा सम्पन्न नेपाल जेसीजको ५० औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि सभामुख देवराज घिमिरेले शर्मालाई पुरस्कार वितरण गर्नुभयो । 

सिंगापुर बेभरेज नेपालले विश्वस्तरीय हल्का पेय पदार्थहरु उत्पादन गर्दै अमेरिका लगायत विश्वका विभिन्न मुलुकमा निर्यात गर्दै आएको छ ।

संयुक्त अर इमिरेट्सको विश्वविद्यालयमा विद्यावारिधि उपाधि समेत हासिल गर्नुभएको शर्माले आफ्ना बुबा रमेश शर्मालाई पछ्याउँदै उद्योग क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहनु भएको छ । 

सिंगापुर वेभरेजका जीरु, फ्रुट जेम्स, निम्बुपानी, लिची जुसजस्ता सफ्ट ड्रिङ्क्स विश्वभरिका उपभोक्ता माझ लोकप्रिय छन् ।

शर्माले सम्मानबाट आफूलाई उद्योग–व्यवसाय क्षेत्रमा अझ राम्रो काम गर्न प्रेरित गरेको बताउनुभयो ।