२१ वैशाख २०८१, शुक्रवार

एमाले लङमार्चले भरिभराउ भयो फेदेन

३० मंसिर २०८०, शनिवार
Image

फेदेन, ३० मंसिर । नेकपा एमालेले सुरु गरेको झुलाघाट चिवा भञ्ज्याङ लङमार्चको अन्तिम जनसभा आज पाँचथरको फेदेनमा सम्पन्न भएको छ ।

जनसभामा विशाल उपस्थिति रहेको थियो । सभा अघि एमाले अध्यक्ष केपी शर्मा ओली सहितको र्यालीले बजार परिक्रमा गरेको थियो ।

जन्मघर तेह्रथुमको आठराई इवाबाट ओली आजै बिहान फेदेन आइपुग्नु भएको हो । 

सभामा सहभागी हुन गाउँ गाउँबाट र्याली आएको थियो । सहभागीहरूले जातीय पहिरन लगाएका थिए । अधिकांश लिम्बु समुदायको बसोबास रहेको पाँचथरको फेदेनमा सहभागी हुन ताप्लेजुङसहित इलाम र झापाका नेता कार्यकर्ता पनि आएका थिए । 

एमालेको सभालाई अवरोध गर्ने गरी पहिचानवादीले कोशी प्रदेश बन्दको आह्वान गरेको थियो । तर, बन्दले एमालेको कार्यक्रममा असर परेन ।