२३ वैशाख २०८१, आइतवार

पत्रकार बराललाई सहकारी पत्रकारिता पुरस्कार

१ पुष २०८०, आइतवार
Image

मेचीनगर, १ पुस । मेचीनगर – ७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले  मेची आवाज साप्ताहिकका सम्पादक डम्बर बराललाई सहकारी पत्रकारिता पुरस्कारले सम्मानित गरेको छ । 

सहकारीको शनिवार सम्पन्न आठौं वार्षिक साधारण सभामा पत्रकार बराललाई रु. पाँच हजार नगद सहित सम्मानपत्र प्रदान गरिएको थियो ।

२०५९ सालदेखि बिबेचना दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेका बराल प्रेस क्लव मेचीनगरका अध्यक्ष समेत हुन् । उनले यस अघि लामो समय जनसंसद दैनिकमा सह सम्पादक र लोकतन्त्र पोष्टमा कार्यकारी सम्पादकको भूमिका समेत निर्वाह गरिसकेका छन् । 

मेचीनगर – ८ स्थित किराँत याक्थुङ्ग चुम्लुङ्गको सभाहलमा सम्पन्न साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेको थियो । 

यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्तातर्फ कमला कुमारी राजवंशी र उत्कृष्ट ऋणीतर्फ गीता राजवंशी छन् । सम्मनित सबैलाई प्रमुख अतिथि तथा अतिथिहरुले सम्मान गरेका थिए । 

सहकारी संस्थाका अध्यक्ष गीता राजबंशीको सभापतित्व तथा मेचीनगर – ७ का वडाध्यक्ष प्रह्लादमणि ओलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ओलीले सहकारी र सदस्यको दीगो विकासको लागि एक सहकारी एक सदस्य अभियानलाई प्राथमिकता दिएर कार्यान्यन गर्नुपर्ने बताए । 

कार्यक्रममा ज्येष्ठ नागरिक समिति मेचीनगर –७ का अध्यक्ष पीताम्बर शर्मा, सम्मानित व्यक्तित्व प्रेस क्लव मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । 

कार्यक्रमको अवसरमा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन सहकारी संस्थाका उपाध्यक्ष युवराज आचार्यले प्रस्तुत गरेका थिए । 

सहकारी संस्थाले बिभिन्न समयमा सदस्य लक्षित कार्यक्रम गर्दै आएको छ । यस अघि सहकारीले निःशुल्क आँखा परीक्षण शिविर, स्वास्थ्य शिविर लगायत सामाजिक क्षेत्रमा समेत योगदान पुर्याउँदै आएको सहकारी संस्थाका व्यवस्थापक दुर्लव मेचेले जानकारी दिए ।  

सहकारी संस्थाका सचिव कमल ढुंगेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन लेखा संयोजक नारायण दंगालले गरेका थिए ।