२४ वैशाख २०८१, सोमवार

प्रहरीसँगको झडपमा एक आन्दोलनकारीको मृत्यु

१३ पुष २०८०, शुक्रवार
Image

काठमाडौं,  १३ पुस । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिएका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हानेको गोली लागेका एकजनाको मृत्यु भएको छ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक आन्दोलनकारीको मृत्यु भएको हो।  घाइते भएका आन्दोलनकारीको उपचारका क्रममा मृत्यु भएको किस्ट अस्पतालले पुष्टि गरेको छ।

मृत्यु हुनेमा २३ वर्षीय सुजन राउत छन् । राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो। किस्ट अस्पताल स्रोतका अनुसार भने राउतको अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो। राउतको शुक्रबार दिउँसो करिब पौने २ बजेतिर मृत्यु भएको हो।  

अर्का एक जना गम्भीर घाइते छन्। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए। भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले सुरुमा हावा खुस्काएका थिए। लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए।