६ जेठ २०८१, आइतवार

सिम्रिकले बाड्यो सय जनालाई ब्ल्याङ्केट

१ माघ २०८०, सोमवार
Image

झापा, १ माघ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बाह्रदशी–१ स्थित भागुडुब्बामा  विपन्न समुदायका एक सय जना ज्येष्ठ नागरिकलाई न्यानो ब्ल्याङ्केट वितरण गरेको छ ।

बिर्तामोडमा मुख्य कार्यालय रहेको उक्त सहकारीले मानवीय उद्धार सेवा केन्द्र नेपालको सहकार्यमा उक्त सामान वितरण गरेको हो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन प्रमुख अतिथि हुनुहुन्थ्यो ।

माघ महिनामा अत्याधिक जाडो हुने र शीतलहर समेत चल्ने भएकाले जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण गरिएको सिम्रिक साकोसका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले बताउनुभयो ।  

उहाँले सहकारीका सदस्य बिरामी हुँदा बिर्तामोडको मनमोहन अस्पताल, कन्काई, ओमसाई तथा नोबेल शिक्षण अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट हुने व्यवस्था मिलाइएको बताउनुभयो । 

बाहिर निस्कदा एकसरो न्यानो कपडा भए पनि घरभित्र ओढ्ने र ओछ्याउने नहुँदा ज्येष्ठ नागरिकहरुको विचल्ली भइरहेको बेला सिम्रिक साकोसको सहयोग सराहनीय रहेको प्रदेशसभा सदस्य निमसरी राजवंशीले बताउनुभयो । 

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो ।