२१ वैशाख २०८१, शुक्रवार

नारी सञ्चार गृह र उद्यमी निर्मला पुरस्कृत

१९ फागुन २०८०, शनिवार
Image

मेचीनगर, १९ फागुन । सुसेली साहित्यिक परिवारले एक संस्था र एक उद्यमीलाई आज पुरस्कृत गरेको छ । 

झापाका पत्रकार महिलाको छाता संस्था नारी सञ्चार गृहलाई रु. १८ हजार नगदराशीको स्व. बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार र मेचीनगर–१२ की उद्यमी निर्मला चौहान भण्डारीलाई रु. १५ हजार नगदराशीको डा. मुकेशकुमार–जनककुमारी चालिसे विज्ञान पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथि मकालु टेलिभिजनकी सञ्चालक गंगा सुबेदीले दुबै पुरस्कार प्रदान गर्नु भएको थियो । नारी सञ्चार गृहलाई दिइएको पुरस्कार अध्यक्ष रेजिना गौतमले ग्रहण गर्नु भएको थियो ।

सो अवसरमा पूर्व न्यायाधीश शारदा कोइरालाको ठिक÷बेठिक नामक कथा संग्रह र सुसेली साहित्यिक परिवारको २१ औं विशेषांक (बेदकुमारी श्रद्धाञ्जलि अंक)को लोकार्पण गरिएको थियो । 

सुसेलीका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्वागत र सचिव कनक कार्कीले सञ्चालन गर्नु भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलले गर्नु भएको थियो ।

बिमोचित कथा कृतिका बारेमा गंगा अधिकारी र सुसेली विशेषांकका बारेमा दामोदर ढुंगेलले समीक्ष गर्नु भएको थियो ।