१६ वैशाख २०८१, आइतवार

ज्यामिरगढीको भगवती लेमिनेट्स (उद्योग)मा भयानक आगलागी

२८ फागुन २०८०, सोमवार
Image

मेचीनगर, ८ फागुन । मेचीनगर–१५ ज्यामिरगढीस्थित भवगती लेमिनेट्स उद्योग प्रालिमा आज विहान भयानक आगलागी भएको छ ।

विहान ५ बजेतिर आगलागीको खबर पाएपछि झापा जिल्लाभरका एक दर्जन दमकल आगलागी निभाउन प्रयासरत छन् ।

घटनास्थलमा रहेका व्यवसायी गोपाल चुडालले नेपाल प्रहरी र सशस्त्र प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मी आगो निभाउन परिचालित भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले साढे सात बजेसम्ममा आगो नियन्त्रणमा आएको छैन भने आगलागीमा हालसम्म कुनै मानवीय क्षति भएको छैन ।

आगलागी उद्योगको विभिन्न ब्लकमा फैलिइरहेको हुँदा क्षतिको विवरण आउन बाँकी छ ।

उक्त उद्योगले प्लाईउडबाट विभिन्न सामान उत्पादन गर्दै विदेश निकासी गर्दै आएको थियो । उद्योगमा १४ सय मजदूर कार्यरत छन् ।

https://www.facebook.com/watch/?v=369028996041996