१६ वैशाख २०८१, आइतवार

अहिले भर्खरै

अझै निभेको छैन आगो

२८ फागुन २०८०, सोमवार
Image

ज्यामिरगढी, २८ फागुन । मेचीनगर–१५ ज्यामिरगढीको भवगती लेमिनेट्स उद्योगमा लागेको आगो निभाउन आठ वटा दमकलले निरन्तर प्रयास गरिरहेका छन् ।

विहान ५ बजेपछि आगोको लप्को उद्योगमा देखिएपछि दमकल र प्रहरी बोलाइएको थियो । दमकल र सुरक्षाकर्मीको निरन्तर प्रयास गरिरहे पनि आगलागी तत्काल नियन्त्रणमा आउने संकेत छैन । 

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला र प्रहरी उपरीक्षक मिलन केसी आइपुग्नु भएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका डेढ सयभन्दा बढी सुरक्षाकर्मी आगो निभाउन खटिएका छन् ।

उद्योगभित्र काठको गोलिया राखिएको मुख्य ब्लकमा आगो भयानक रुपमा फैलिइरहेको छ । उक्त ब्लकमा मजदुर नरहेको कारण कुनै मानवीय दुर्घटना हुन पाएन । भौतिक क्षतिको विवरण भने आउन बाँकी छ ।

उद्योगमा १४ सय मजदूर कार्यरत छन् । घटनास्थलमा रहेका व्यवसायी गोपाल चुडालले दमकल कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यन्त मिहेनतका साथ आगो निभाउन प्रयास गरिरहेको बताउनुभयो ।