१५ वैशाख २०८१, शनिवार

पचास वर्षअघि गुड्थ्यो धरान छेउछाउ यो रेल

२ चैत २०८०, शुक्रवार
Image

मेचीनगर, २ चैत । नेपालमा पूर्वपश्चिम र उत्तरदक्षिण रेलमार्ग निर्माणको चर्चा अचेल तीब्र रुपमा हुने गरे तापनि कहिले बनिने हो टुंगो छैन । अहिले जनकपुरमा मात्र नेपालको रेल सञ्चालनमा छ ।

इतिहासमा भने नेपालको कोशी प्रदेशमा पचास वर्ष अघिसम्म रेल चल्ने गरेको पाइन्छ । कोशी बाँध (अहिलेको कोशी ब्यारेज र ब्रिज) निर्माणका लागि भारत सरकारले उसबेलै धरान र चतरासम्म रेल गुडाएको थियो ।

सन् १९६७ मा बब वाचमेनले खिँचेको यो तस्वीर हेर्नुहोस् । जहाँ धरानको ब्रिटिश गोर्खा भर्ती केन्द्र (घोपा क्याम्प) नजिक कोशी परियोजनाको रेलमार्ग सञ्चालनमा रहेको देख्न सकिन्छ ।

सन्ताउन्न वर्ष पुरानो यो चित्रमा नेपाली कामदारहरु ढुंगाले भरिएको रेलको ट्रलीमा चढिरहेका छन् । उसबेला कोशी बाँध र पुल बनाउन भारत सरकारले रेलबाट चतराको पहाड फेदीका ढुंगा ओसारेको थियो ।

हाल उक्त रेल्वेको अवशेषको रुपमा पटरीहरु केही ठाउँमा छन् । कतिपय बुढापाकाहरु उसबेलै गाउँमा रेल देखेको बताउँछन् ।