१८ वैशाख २०८१, मङ्गलवार

सर्वोच्च अदालत परिसरबाट हतियारसहित झापाका खड्का पक्राउ

५ चैत २०८०, सोमवार
Image

झापा, ५ चैत । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित आज एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।”


लेखकको बारेमा
Image
रासस

रासस