१८ वैशाख २०८१, मङ्गलवार

तरकारी छोपेको पराल जल्दा गौरीगञ्जका घिमिरेको मृत्यु

७ चैत २०८०, बुधवार
Image

धुलाबारी, ७ चैत । तरकारी खेतीमाथि छोपेको परालमा आगलागी हुँदा जलेर गौरीगञ्ज गाउँपालिका–१ का ५५ बर्षीय निलकण्ठ घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आज विहान परालमा लागेको आगोमा परी उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक घिमिरेको शव कानूनी प्रक्रिया पुरा गरी पोस्टमाटमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।