१८ वैशाख २०८१, मङ्गलवार

आदर्श कलाकार जोडीलाई आदर्श नागरिक पुरस्कार

७ चैत २०८०, बुधवार
Image

बिर्तामोड, ७ चैत । लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य (मह जोडी) आज विर्तामोडमा ‘आदर्श नागरिक’ उपाधिद्वारा सम्मानित हुनुभएको छ ।

जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले १ लाख ११ हजार १११ रुपैंयाँ पुरस्कारसहित पहिलोपटक यो पूर्णटुंग आदर्श नागरिक सम्मान प्रदान गरेको हो । 

दार्जीलिङका प्रख्यात नाटककार सीके श्रेष्ठ कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सीके श्रेष्ठ, सम्मानित व्यक्तित्वहरु मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य, प्रतिष्ठानका सचिव लक्ष्मण ढकाल लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

कलाकार विल्सनविक्रम राई लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन सहसचिव स्वस्तिका आचार्यले गर्नु भएको थियो । सो अवसरमा राजनीतिज्ञ, साहित्यकार, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।