१८ वैशाख २०८१, मङ्गलवार

सुतेका साथीलाई खन्तीले हानेर हत्या

८ चैत २०८०, बिहिवार
Image

भद्रपुर, ८ चैत । साथीलाई सुतेकै ठाउँमा धारिलो खन्ती प्रहार हत्या गरेको अभियोगमा भद्रपुर–२ का कमानसिंह राई पक्राउ परेका छन् ।

उनले आज विहान ५ बजेतिर स्थानीय साथी ३० बर्षीय गंगा राईलाई खन्तीले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

उनीहरुबीच पुरानो रीसइबी रहेको थियो । बुधवार बेलुका मृतक सनम भनिने मृतक गंगा राई अभियुक्त कमानसिंह राईको घरमा सुतेका थिए ।