२१ वैशाख २०८१, शुक्रवार

जनताले नै व्यवस्था बदल्न चाहेका छन् : राप्रपा अध्यक्ष लिङ्देन

११ चैत २०८०, आइतवार
Image

झापा, ११ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनतामा व्याप्त निराशा हटाउन राजनीतिक व्यवस्था नै बदल्नु पर्ने बताउनु भएको छ 

पार्टीले शनिवार बिर्तामोडमा आयोजना गरेको वृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताले नै अहिलेको व्यवस्था बदल्न चाहेको दावी गुर्नभयो ।

उहाँको भनाई थियो- "जुन व्यवस्थामा एउटा गरिव परिवारको सदस्य विरामी भएर अस्पताल जाँदा उपचारको विल हेरेर ढल्नु पर्ने अवस्था छ भने किन त्यस्तो व्यवस्था जोगाउने ? "

उहाँले मिटरव्याज, सहकारी ठगीलगायत वित्तीय समस्यामा परेका नागरिकहरुको समस्या समाधानका लागि छुट्टै वित्तीय समास्या समाधान गर्न उच्चस्तरीय आयोग गठन गरिनु पर्ने माग गर्नुभयो ।

बिर्तामोडस्थित सिटी सेन्टरमा आयोजित सभामा राप्रपाका उपाध्यक्षद्वय बुद्धिमान तामाङ, रबिन्द्र मिश्र, प्रबक्ता ज्ञानेन्द्र शाही, कोशी प्रदेश अध्यक्ष राम थापा, केन्द्रीय प्रशिक्षण बिभाग उपप्रमुख खुश्वु ओलीलगायतका नेताहरुले मन्तबय ब्यक्त गर्नु भएको थियो ।

राप्रपा झापाका अध्यक्ष केशब ओझाको सभापतित्वमा कार्यक्रम भएको थियो ।