७ जेठ २०८१, सोमवार

होली मनाएर पौडी खेल्न गएका १५ वर्षीय श्रेष्ठ कनकाई नहरमा डुबेर मृत्यु

१२ चैत २०८०, सोमवार
Image

झापा, १२ चैत। शिवसताक्षी ११ का १५ वर्षीय रविन श्रेष्ठको होली मनाएर पौडी खेल्न जाँदा कनकाई नहरमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न श्रेष्ठ नहरमा गएका थिए । नहरमा पस्नेबित्तिकै उनलाई बगाएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।

श्रेष्ठको शबलाई पानीबाट बाहिर निकाली पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।