१५ वैशाख २०८१, शनिवार

पहिलोपल्ट प्रहरीको जिल्ला हेडक्वार्टरमा होली उल्लास

१२ चैत २०८०, सोमवार
Image

झापा, १२ चैत । झापा जिल्ला प्रहरी कार्यालय चन्द्रगढीको आज दिउँसोको माहौल बिगतको भन्दा फरक उल्लासमय देखियो ।

प्रहरी उपरीक्षक मिलन केसी लगायतका प्रहरी अधिकृतहरु सफेद पहिरनमा परिसरमा भेला भए । एक एक गर्दै विभिन्न दर्जाका प्रहरीहरु पनि आए ।

यो माहौल थियो होली पर्वको । जिल्ला प्रहरी कार्यालय झापाले सम्भवतः पहिलोपल्ट सार्वजनिक कार्यक्रम रुपमा यसरी होली मनाएको हो ।

प्रहरी उपरीक्षक केसी लगायतका प्रहरीले आपसमा रङ लगाएर शुभकामना साटेका थिए । त्यसमा प्रहरी महिला र प्रहरी अधिकृतका परिवारका सदस्य समेत उपस्थित थिए ।