७ जेठ २०८१, सोमवार

पत्रकारले मनाए झापामा होली

१२ चैत २०८०, सोमवार
Image

झापा, १२ चैत । जिल्लाका पत्रकारहरुले पनि संस्थागत रुपमा होली उत्सव मनाएका छन् ।

नारी सञ्चार गृह, मेचीनगर प्रेस क्लव र बुद्धशान्ति प्रेस क्लवले यस अवसरमा आज विशेष कार्यक्रमको आयोजना गरेका थिए ।

मेचीनगरको इटाभट्टास्थित क्लवको कार्यालयमा भेला भएका पत्रकारहरुले आपसमा रङ दलेर शुभकामना साटासाट गर्दै नाचगान समेत गरेका छन् । कार्यक्रममा क्लवका अध्यक्ष डम्बर बराल, पूर्व अध्यक्षद्वय सन्तोष आचार्य र मुक्ति पौडेल लगायतको सहभागिता थियो ।

यसैगरी, नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदनको अध्यक्षतामा विर्तामोडमा आयोजना भएको होली मिलन कार्यक्रममा पत्रकार महिलाले आपसमा रङ दलेर शुभकामना साटेका थिए । त्यस अवसरमा नाचगान समेत गरिएको थियो ।