१५ वैशाख २०८१, शनिवार

धनकुटामा बस्यो कोशीको मन्त्रिपरिषद् बैठक

१३ चैत २०८०, मङ्गलवार
Image

धनकुटा, १३ चैत ।  कोशी प्रदेश मन्त्रिपरिषद् बैठक धनकुटामा बसेको छ ।

 प्रदेश मन्त्रिपरिषद् बैठक महिनाको एक पटक धनकुटामा बस्ने बैठकले निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री समशेर राईले जानकारी दिनुभयो ।

बैठकले प्रदेशअन्तर्गतका सरकारी कार्यालयले कार्यक्रम गर्दा प्रयोग हुने मायाको चिनो, खादा, मालालगायतका सामग्री प्रयोग गर्दा प्रदेशमा नै उत्पादन भएको सामग्री प्रयोग गर्नुपर्ने निर्णय गरेको छ ।

त्यस्तै धनकुटा र उदयपुर जिल्लाको सङ्गममा अवस्थित अरुण र तमोर नदीको सङ्गममा धनकुटातर्फ रहेको किरात सभ्यतासँग जोडिएको खुवालुङ ९ढुङ्गा० लाई सांस्कृतिक पर्यटनका रुपमा विकास गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा पहिलोपटक मन्त्रिपरिषद् र लगानी बोर्डको बैठक आज बसेको थियो ।