१५ वैशाख २०८१, शनिवार

रासस झापा प्रमुखमा बैतडीका चन्द

१४ चैत २०८०, बुधवार
Image

झापा, १४ चैत । राष्ट्रिय समाचार समिति झापाको प्रमुखमा पत्रकार दिपक चन्द आउनु भएको छ ।

बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ७ निवासी चन्द पाकिस्तानबाट पत्रकारितामा स्नातकोत्तर उत्तीर्ण हुनुहुन्छ ।

उहाँले बिगतमा न्यूज ट्वान्टी फोर लगायतका सञ्चारगृहमा पत्रकारिता अभ्यास गर्नु भएको थियो । भद्रपुरस्थित कार्यालयमा उहाँलाई रासस भद्रपुरकी पूर्व प्रमुख चन्द्रकला भण्डारी र कर्मचारी बेदप्रकाश हुमागाईले खादा लगाएर स्वागत गर्नुभएको छ ।