१५ वैशाख २०८१, शनिवार

अधिवेशनका लागि आइपुगे अध्यक्ष ओली

१४ चैत २०८०, बुधवार
Image

झापा, १४ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृहजिल्ला आइपुग्नु भएको छ ।

विहीवार विर्तामोडमा सुरु हुने नेकपा एमाले झापाको ११ औं जिल्ला अधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्नुहुने कार्यक्रम रहेको नेकपा एमाले झापाका सचिव शिव ढुंगेलले बताउनुभयो ।

उहाँलाई चन्द्रगढी विमानस्थलमा पार्टीका केन्द्रीय सदस्य दिपक कार्की लगायत कार्यकर्ताको ठूलो पंक्तिले स्वागत गरेको थियो ।

विमानस्थलबाट अध्यक्ष ओली सोझै दमक जानु भएको छ । एमालेको जिल्ला अधिवेशनले नयाँ कार्य समिति निर्वाचित गर्ने कार्यक्रम छ ।