१५ वैशाख २०८१, शनिवार

सम्साँझै हात्तीको आक्रमण : पत्नीको मृत्यु, पति घाइते

१४ चैत २०८०, बुधवार
Image

मेचीनगर, १४ चैत । शिवसताक्षी–११ मा जंगली हात्तीको आक्रमणमा परी ६० वर्षीया पवित्रा भेटवालको मृत्यु भएको छ भने उहाँको पति ६२ वर्षीय दिलीप भेटवाललाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ ।

बुधवार साँझ ५ः४५ बजेतिर भेटवाल दम्पत्तिलाई घर नजिकको रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा दाउरा खोज्न गएका बेला हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणमा पवित्रको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली घटनास्थलमा पुग्दा पत्नीको शब एकातिर फेला लडिरहेको थियो भने अर्कातिर पति घाइते अवस्थामा छटपटाइरहेका थिए ।

घाइते दिलीपलाई विर्तासिटी हस्पिटलमा उपचारका लगिएको छ ।