१५ वैशाख २०८१, शनिवार

सहारा देशकै पहिलो र एनएमसी दोस्रो ठूलो सहकारी

१४ चैत २०८०, बुधवार
Image

झापा, १४ चैत । कूल सम्पत्तिका आधारमा मुलुकको ‘टप टेन सहकारी’को सूचीमा झापाका तीन सहकारी समेटिएका छन् ।

जस अनुसार विर्तामोडको सहारा बचत तथा ऋण सहकारी संस्था पहिलो स्थानमा छ भने मेचीनगरको नेपाल बहुउद्देश्यीय सहकारी संस्था दोस्रो स्थानमा रहेको छ । नवौं स्थानमा विर्तामोडकै कर्णाली बचत तथा ऋण सहकारी संस्था रहेको छ ।

यो सूची आर्थिक पत्रकारिता क्षेत्रमा स्थापित ‘वित्तीय पोस्ट’ नामक अनलाइन पत्रिकाले जारी गरेको हो । अधिक कूल सम्पत्ति भए पनि कानून परिपालना नगरेका तथा उजूरी परेका सहकारीहरु यो सूचीमा समावेश नगरिएको ‘वित्तीय पोस्ट’ले जनाएको छ । 

उत्कृष्ट दश सहकारीहरुमध्ये सबैभन्दा बढी ६ वटा बचत तथा ऋण सहकारी सूचीमा परेका छन् । उक्त सूचीमा २ वटा बहुउद्देश्यीय र २ अन्य सहकारी परेका छन् । प्रदेशको आधारमा कोशीका ३, बागमतीका ३, गण्डकीका १, लुम्बिनीका १ र सूदूरपश्चिम प्रदेशका २ सहकारी संस्था परेका छन् ।

‘टप टेन सहकारी’को नामहरु तालिकामा हेर्नुहोस् ।