१५ वैशाख २०८१, शनिवार

नेकपा एमालेको जिल्ला अधिवेशन आज

१५ चैत २०८०, बिहिवार
Image

झापा, १५ चैत । नेकपा एमाले झापाको ११ औँ जिल्ला अधिवेशन आज दिउँसो ११ बजे पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नु हुने भएको छ ।

उद्घाटनका लागि अध्यक्ष ओली बुधवार नै काठमाडौंमा झापा आइसक्नु भएको छ । 

बिर्तामोडस्थित अग्रसेन भवनमा अधिवेशन स्थल तोकिएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

अधिवेशनमा १५ वटै पालिकाका १३१ वटा वडा र जनसंगठनहरूबाट चयन भएका प्रतिनिधिले सहभागिता जनाउनेछन् ।

पार्टीका सचिव शिव ढुंगेलका अनुसार भूगोलबाट ४५८, जनसंगठनहरूबाट ८९ जना, मजदुर क्लस्टरबाट ३० जना, झापा–काठमाडौँ सम्पर्क मञ्चबाट ५ जना, मौजुदा जिल्ला कमिटीका १६७ जना, लेखा परीक्षण कमिटीका ७ जना र जिल्ला सल्लाहकार परिषद्का २५ जना गरी ७८१ जना अधिवेशन प्रतिनिधि रहेका छन् । पार्टीले ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने छ ।