१५ वैशाख २०८१, शनिवार

‘मिसन ८४’ एमालेको अर्जुनदृष्टि : ओली

१५ चैत २०८०, बिहिवार
Image

विर्तामोड, १५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन ८४’ पार्टीको अर्जृनदृष्टि भएको बताउनु भएको छ ।

उहाँले आगामी आम निर्वाचनमा एमालेले एक्लै सरकार चलाउन पुग्नेगरी बहुमत ल्याउन ‘मिसन ८४’लाई अर्जुनदृष्टि बनाइरहेको बताउनुभयो ।

आज झापाको विर्तामोडमा पार्टीको ११ औं जिल्ला अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले वत्र्तमान सत्ता समीकरण देश विकासका लागि भएको बताउनुभयो । यसअघि नेकपा एमालेलाई एक्ल्याउन र अघि बढ्न नदिन कांग्रेसले स्वार्थको गठबन्धन गरेको उहाँको आरोप थियो ।

कांग्रेसको गठबन्धन भत्कनै पर्ने जनाउँदै पुरानो गठबन्धन भत्किएपछि एमालेले परिस्थिति सम्हालेको उहाँको भनाई थियो । 

कार्यक्रममा पार्टीको उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र झापा इञ्चार्ज विशाल भट्टराईले मन्तब्य ब्यक्त गर्नु भएको थियो भने पार्टीका जिल्ला उपसचिव असारु राजबंशीले स्वागत मन्तब्य र जिल्ला अध्यक्ष प्रेम गिरीले अध्यक्षता गर्नु भएको थियो ।

पार्टीले विभिन्न कालखण्डमा पार्टीको नेतृत्व हाँकेका र योगदा नपुर्याएका अग्रज नेताहरुलाई सम्मान गरेको छ । 

सम्मानित हुनेहरुमा पार्टीकी उपाध्यक्ष एवम् पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, पार्टीका स्थायी कमिटी सदस्य अमृतकुमार बोहोरा, झापा विद्रोहका अगुवा नेता नरेश खरेल, कालिदास श्रेष्ठ, शोभा कुँवर, पृथ्वी मैनाली, सुमित्रा प्रसाई, सावित्रा खड्का, अन्तलाल धिमाल, जानुका सिटौला लगायत हुनुहुन्छ ।

युवा वैज्ञानिक सबिन बाँस्कोटा, लाहा उद्योगी डम्बरकुमार विश्वकर्मा, झापा इनर्जीका सञ्चालक एलपी साँवा र तारा नमस्ते बालआश्रमका अध्यक्ष नारायणप्रसाद पोखरेल समेत सम्मानित हुनु भएको छ ।