१८ वैशाख २०८१, मङ्गलवार

झापामै पहिलोपल्ट मेचीनगरमा ‘फर्निचर फेस्टिबल’

३० चैत २०८०, शुक्रवार
Image

मेचीनगर, ३० चैत । एक करोड रुपैयाँभन्दा बढीको फर्निचर विक्री गर्ने लक्ष्य राखेर झापामै पहिलोपल्ट मेचीनगरको इटाभट्टामा फर्निचर मेला (फेस्टिबल) आयोजना हुने भएको छ ।

मेचीनगर–७ इटाभट्टास्थित धनेश्वर फर्निचर उद्योगले मेलाको आयोजना गर्न लागेको हो । नववर्षको वैशाख ३ देखि १८ गतेसम्म १५ दिन इटाभट्टास्थित सिनेमा हल बाहिर मेलाको स्टल रहने उद्योगका सञ्चालक मुन्न मण्डलले बताउनुभयो ।

‘नयाँ वर्षको उपलक्ष्य पारेर उपभोक्ताहरुको सुविधाका लागि विशेष छुटसहित फर्निचर मेलाको आयोजना गरेका हौं,’ उद्योगका सञ्चालक मण्डलले भन्नुभयो–‘फर्निचरको मेला लागेको सम्भवतः यो नै पहिलो अवसर पनि हो ।’

मेलामा सोफा, पलङ, कुर्सी, टेबुल, दराज, डाइनिङ सेटलगायत सबै प्रकारका फर्निचर विक्रीका लागि राखिने उद्योगका प्रवर्धक ओमप्रकाश खापुङले बताउनुभयो ।

मेलामा सामान हेरीहेरी मूल्यमा २५ देखि ३० प्रतिशत छुट दिइने बताइएको छ । फ्रिज र स्टील दराज बाहेकका सबै सामानमा छुटको व्यवस्था रहेको बताइएको छ ।

बिगत १२ वर्षदेखि मेचीनगर क्षेत्रमा फर्निचर उत्पादन र विक्री वितरणमा धनेश्वर फर्निचर उद्योगले आम उपभोक्ताको विश्वास जित्दै आएको हुँदा मेला सफल हुनेमा आफु विश्वस्त रहेको खापुङले बताउनुभयो ।

‘गुणस्तरीय, टिकाउ र ग्यारेन्टीयुक्त फर्निचरका लागि विश्वासिलो नाम र  ब्रान्ड हो धनेश्वर,’ उहाँले भन्नुभयो–‘जहाँ राम्रो र गुणस्तरीय सामान पाइन्छ, उपभोक्ताहरु त्यही जान्छन् ।’

विवाह, कार्यालय र घरायसी प्रयोजनका लागि चाहिने सबैप्रकारका आधुनिक साजसज्जायुक्त फर्निचर मेलामा विक्रीका लागि उपलब्ध हुने हुँदा मेला अवलोकनका लागि आउन खापुङले मेचीनगर र झापा जिल्लाबासीलाई आह्वान गर्नु भएको छ । 

मेचीनगरभरि सामानको होम डेलिभरिको सुविधा समेत रहेको उहाँले बताउनुभयो ।

मेचीनगर–७ निवासी मुन्ना मण्डल इमान्दार र सफल युवा व्यवसायीको रुपमा परिचित हुनुहुन्छ । उहाँले वैदेशिक रोजगारीबाट फर्केर फर्निचर उद्योगमा लाग्नु भएको हो ।