२० वैशाख २०८१, बिहिवार

सुन्तलाले पायो राष्ट्रिय फलको मान्यता

३० चैत २०८०, शुक्रवार
Image

झापा, ३० चैत । नेपालको राष्ट्रिय के हो भनेर कसैले सोध्यो सोध्यो भने अब सुन्तला भन्ने जवाफ आउने छ ।

सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको हो ।