२० वैशाख २०८१, बिहिवार

इजरायलमाथि इरानको हमला सुरु

२ वैशाख २०८१, आइतवार
Image

झापा, २ बैशाख । इरानले इजरायलमाथि मिसाइल हमला सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

इजरायल र हमासबीचको जारी युद्ध बिस्तार हुँदै अब मध्यपूर्वभर फैलिने जोखिम बढेको छ ।

केही दिन अघि सिरियाको दोमस्कस्थित इरानी दूताबासमा इजरायलले हमला गर्दा केही उच्च कमान्डर समेतको मृत्यु भएको बदलामा इरानले यो हमला गरेको जनाइएको छ ।

बीबीसीका अनुसार आज विहानैदेखि इजरायलको जेरुसलाममा साइरन बजेको र विष्फोट भएको आवाज आइरहेको छ ।

एक खेपमा कमसेकम १०० वटा इरानी ड्रोन इजरायलभित्र घुसेर आक्रमण भइरहेको र मिसाइल प्रयोग भएको बताइएको छ ।

क्षतिको विवरण आइसकेको छैन । केही दिन अघिदेखि नै अमेरिका लगायतका पश्चिमा मुलुकले इरानबाट इजरायलमाथि आक्रमणको तयारी भइरहेको चेतावनी दिएका थिए ।

स्मरण रहोस्, इजरायल र इरानबीच शत्रुतापूर्ण सम्बन्ध रहँदै आएको छ ।