१८ वैशाख २०८१, मङ्गलवार

नेकपा एसमा एक लाख २० हजार नयाँ सदस्य

४ वैशाख २०८१, मङ्गलवार
Image

झापा, ४ वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा एक लाख २० हजार नयाँ सदस्य थपिएका छन् ।

सङ्गठन सुदृढीकरणका सिलसिलामा पार्टीले दुई महिनासम्म देशभर सञ्चालन गरेको महाधिवेशन केन्द्रित अभियानका क्रममा ती सदस्य थपिएको पार्टीका सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । 

गत फागुन र चैतमा सञ्चालित अभियानमा पार्टीका सबै तहका कमिटी परिचालन गरिएका थिए । साथै महाधिवेशनमा सहभागी हुने सबैको सदस्यता नवीकरण भएको छ । 

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म  काठमाडौँमा गर्ने १०औँ राष्ट्रिय महाधिवेशनको तयारी पनि गरिरहेको छ । महाधिवेशनलाई सफल बनाउन गठित विभिन्न कमिटी क्रियाशील छन् ।  

पार्टीको राजनीतिक दस्तावेज, विधान, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेज सम्बन्धित कमिटीमा अध्ययनका लागि पठाइएको सचिव श्रेष्ठले बताउनुभयो ।

लेखकको बारेमा
Image
रासस

रासस