१९ वैशाख २०८१, बुधवार

नेपालमा ३६ हजार निजी हतियार

४ वैशाख २०८१, मङ्गलवार
Image

झापा, ४ वैशाख । नेपालमा ३६ हजार वटा निजी हतियार भएको खुलासा भएको छ ।

बीएन्डसी मेडिकल कलेजका कार्यकारी प्रमुख दुर्गा प्रसाईको बडीगार्डबाट अत्याधुनिक हतियार बरामद भएपछि सरकारले ७७ वटै जिल्लामा खोजी गर्दा त्यत्रो संख्यामा हतियार व्यक्तिको हातमा रहेको भेटिएको हो ।

चैत ५ बजे सर्वोच्च अदालत परिसरमा प्रसाईका सुरक्षागार्डबाट जीएमजी फाइभ मोडेलको अत्याधुनिक हतियार बरामद भएपछि छानविन गर्न गृहमन्त्रालयले राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा समिति बनाएको छ ।

समितिले देशभरका गृहबाट डाटा माग्दा निजी बन्दुक ठूलो संख्यामा रहेको विवरण संकलन भएको थियो ।

जिल्ला प्रशासन कार्यालय झापाबाट प्रसाईले हतियारको लाइसेन्स पाएका थिए । हतियार जर्मनीबाट आयात गरिएको भए तापनि अहिलेसम्म आयात अनुमति पत्र भेटिएको छैन ।

हतियार राख्ने लाइसेन्स गृह प्रशासनले दिए तापनि वाणिज्य विभागले मात्र विदेशबाट आयात अनुमति पत्र दिने प्रावधान छ ।