१८ वैशाख २०८१, मङ्गलवार

सगरमाथा यातायातको भवन उद्घाटन

५ वैशाख २०८१, बुधवार
Image

मेचीनगर, ५ बैशाख । सगरमाथा यातायात प्रालिले आफ्नै भवनबाट सेवा प्रवाह प्रारम्भ गरेको छ । मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग पछाडि प्रालिले आफ्नै भवन निर्माण गरी कार्यालय सारेको हो । 

उक्त भवनको आज एक कार्यक्रमकाबिच सगरमाथा यातायात प्रालिका संस्थापक अध्यक्ष खगेन्द्र उप्रेतीले उद्धघाटन गरेका छन् । 

प्रालिको भवन भएको स्थानमा १२ कठ्ठा जग्गा रहेको छ । जहाँ  सुविधा सम्पन्न ६ कोठाको पक्कि भवन निर्माण गरिएको छ । 

सगरमाथा यातायात प्रालिका अध्यक्ष नविन कोइरालाले ९५ प्रतिशत भन्सार छुटमा ल्याएका सुविधा युक्त ३० वटा गाडीहरू हाल धरान र विराटनगर रूटमा सञ्चालनमा रहेको जानकारी दिए । 

अध्यक्ष कोइरालाले निकट भविष्यमा ५ वटा गाडी थप गरी  कोशी प्रदेश सहित अन्य प्रदेशमा पनि सेवा प्रवाह गरिने बताए । उनले  ज्येष्ठ नागरिक, विद्यार्थी र पत्रकारलाई प्रा।लिको बसमा आवात जावत गर्दा  विशेष छुट दिइने जानकारी दिए ।