७ जेठ २०८१, सोमवार

खेतमा काम गरिरहेका दुलालको चट्याङ लागेर मृत्यु

२६ वैशाख २०८१, बुधवार
Image

झापा, २६ बैशाख । चट्याङले लागेर झापा अर्जुनधाराका एक व्यक्तिको मृत्यु भएको छ ।

मंगलवार अपराह्न ४।५० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नम्बर २ चौरासे बस्ने अन्दाजी ५४ वर्षीय मोहनप्रसाद दुलालको चट्याङले लागेर मृत्यु भएको हो ।

घरनजिकै मकैबारीमा मल लगाउँदै गरेको अबस्थामा अचानक परेको चट्याङले लागेर छाती तथा पेटको भागमा पिल्सिएको घाइते अबस्थामा उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएको थियो । गम्भीर घाइते दुलालको उपचारको क्रममा साँझ ६:२० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।