१२ साउन २०८१, शनिवार

मेचीनगर एमालेको अध्यक्षमा राजु कार्की

९ जेठ २०८१, बुधवार
Image

मेचीनगर, ९ जेठ । नेकपा एमाले मेचीनगर कमिटीको अध्यक्ष पदमा युवा नेता राजु कार्की निर्वाचित हुनु भएको छ ।

युवा संघको राजनीतिबाट उदाउनु भएको कार्की पार्टीको नगर नेतृत्व सम्हाल्न आउनु भएको हो । उहाँले यसअघि पार्टीको प्रदेश कमिटी सदस्यको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

अध्यक्षमा कार्की र उपसचिवमा जानुका ओली सर्वसम्मत निर्वाचित हुनु भएको हो ।

उपाध्यक्षमा कञ्चन तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित हुनुभयो ।

निर्वाचन समितिका अनुसार उपाध्यक्षमा तामाङले २४७ मत, सचिवमा ओली (सागर) ले २७७ मत र उपसचिवमा राजु धिमालले २२१ मत ल्याएर विजयी हुनुभएको हो । 

आज दिउँसो साढे १ वजेदेखि ५ वजेसम्म मतदान भएको थियो । कूल ४८१ जना मतदातामध्ये ४२३ जनाले मतदान गरेका थिए ।

यही जेठ ५ गतेदेखि सुरु एमाले मेचीनगर कमिटीका दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । निर्वाचन समितिका अनुसार ७५ जनाको निर्वाचित नगर कमिटीको घोषणा शुक्रवार हुने छ ।