२३ भदौ २०८१, आइतवार

सिटौलाको दोस्रो कृति ‘अनुभव र अनुभूति’को बिमोचन

१६ असार २०८१, शनिवार
Image

मेचीनगर, १५ असार । लेखक नरेन्द्रप्रकाश सिटौलाको दोस्रो कृति ‘अनुभव र अनुभूति’ आज बिमोचन भएको छ । 

मेचीनगर–१० काँकरभिट्टा निवासी सिटौलाले यसअघि ‘मेरो कथाका पानाहरु’ नामक संस्मरणात्मक कृति प्रकाशित गरिसक्नु भएको छ ।

पत्रकार मोहन काजीले कृतिको समीक्षा गर्दै ‘अनुभव र अनुभूति’ लेखकको संस्मरणात्मक निबन्ध भएको बताउनुभयो ।

जीवनका देखाई, भोगाई र सुनाईहरुलाई लेखकले नलुकाइकन निबन्धमा उतार्नु भएको उहाँको भनाई थियो ।

कृतिमा १३२ पृष्ठमा ३१ वटा शिर्षकमा विभिन्न रचना छन् भने लक्षिमा उप्रेती सिटौला प्रकाशक हुनुहुन्छ । कृतिको भाषा सम्पादन पत्रकार गोपाल काफ्लेले गर्नुभएको छ ।

कृति बिमोचन कार्यक्रममा  नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)का निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती प्रमुख अतिथि र वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल विशेष अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा पत्रकार मोहन काजीले पुस्तकको समीक्षा र पत्रकार सन्तोष आचार्यले पुस्तकको चर्चा गर्नु भएको थियो ।

साहित्यकार भीम खवास, नागरिक अगुवा प्रेमप्रकाश सिटौला र वडा सदस्य ध्रुव राईले शुभकामना मन्तब्य ब्यक्त गर्दै लेखकले समाजलाई नयाँ कृति दिएर गुण लगाउनु भएको बताउनु भएको थियो ।

प्रकाशक लक्षिमा उप्रेती सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सिराहा जिल्लाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौलाले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पत्रकार गोपाल काफ्लेले गर्नुभएको थियो ।

सो अवसरमा साहित्यकार कल्पना सिटौला, एनएमसीका अध्यक्ष ठाकुर शिवाकोटी, काँकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मीप्रसाद उप्रेती लगायतको उपस्थिति रहेको थियो ।