२ कार्तिक २०८१, शुक्रवार

भाषाविद् रेग्मीलाई मस्तिष्कघात

१७ असार २०८१, आइतवार
Image

मेचीनगर, १६ असार । प्रसिद्ध साहित्यकार चुडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ ।

आज विहान मस्तिष्कघात भएपछि उहाँलाई प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका लागि भर्ना गरिएको साहित्यकार पुण्यप्रसाद खरेलले बताउनुभयो ।

साहित्यकार रेग्मी झर्रो नेपाली आन्दोलनको अगुवा र भाषाविद् हुनुहुन्छ । 

अस्पतालमा भेटेर आउनु भएको अग्रज पत्रकार नकुल काजीले रेग्मी बेहोश अवस्थामा उपचारमा रहनु भएको सामाजिक सञ्जालमा लेख्नु भएको छ ।