२३ भदौ २०८१, आइतवार

खोला र पैनीमा डुबेर दुई व्यक्तिको मृत्यु

२६ असार २०८१, मङ्गलवार
Image

झापा, २५ असार । झापामा मनसुनजन्य विपद्का कारण दुई व्यक्तिको मृत्यु भएको छ ।

झापा गाउँपालिका वडा नं २ मा रहेको सानो माइखोलामा डुबेर एकजना बालकको मृत्यु सोमवार भएको छ ।

मृत्यु हुनेमा झापा गाउँपालिका वडा नं २ सडकवाडी गाउँस्थित मुस्लिम बस्ती बस्ने रहमान आलमका अढाई वर्षका छोरा दिलसाद आलम रहेका छन् ।

घर नजिकको माईखोलामा डुवेर विहान ११ बजे ती बालकको मृत्यु भएको हो । 

यसैगरी बाह्रदसी वडा नं. २ मा  अन्दाजी ५० वर्षको एक पुरुष पैनीमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

आइतवार राति १० बजेतिर स्थानीय गाउँलेले मृतकलाई देखेर प्रहरीलाई खबर गरेका थिए ।