८ कार्तिक २०८१, बिहिवार

एक अर्ब ३१ करोड राजस्व असुली

१६ साउन २०८१, बुधवार
Image

झापा, १६ साउन । नेपाल प्राधिकरणको अनारमनी वितरण केन्द्रले आव २०८०/०८१ मा नयाँ विद्युत लाइन जडान, नियमित विद्युत महसुल, बक्यौता र जरिवाना असुली गरेर रु. रु. एक अर्ब ३१ करोड ८४ लाख ७५ हजार राजस्व संकलन गरेको जनाएको छ ।

झापामा रहेका विद्युत वितरण केन्द्रमध्ये सबैभन्दा बढी ग्राहक यही अनारमनी वितरण केन्द्रमा रहेका छन् । यहाँ ९३ हजार ४१८ ग्राहक संख्या रहेको केन्द्रका प्रमुख सञ्जीवकुमार साहले बताउनुभयो । 

ग्राहस्थ, व्यापारिक, गैर व्यापारिक, औद्योगिक, सडक वत्ती, सिंचाई, खानेपानी, मन्दिर, यातायात, आन्तरिक खपत, सामुदायिक, मनोरञ्जन, गैर ग्राहस्थ गरी ग्राहक विभाजन गरेर महसुल उठाउने गरिएको उहाँले बताउनुभयो । 

“उपभोक्तालाई हामीले राम्रो सेवा दिने हो,” प्रमुख साहले भन्नुभयो, “खपत भएको विद्युत यूनिट बराबरकोे विलमा तोकिएको रकम तिर्नुपर्छ, तिर्न आनाकानी गरे वा ढिलाई भएमा लाइन काट्नु हाम्रो बाध्यता हो ।”