२० असोज २०८१, आइतवार

‘जोगिन्दर’को गाईजात्रा

ठग–ठाग कम्पनी : नेताहरु अरब खाने, जनता अरब जाने ?

२६ साउन २०८१, शनिवार
Image

झापा, २६ साउन । गाईजात्रा अवसरमा कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’ले ल्याएको ‘ठग –ठाग कम्पनी छ दिनमा १२५ हजार दर्शकले हेरेका छन् ।

दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले  ‘ठग –ठाग कम्पनी नामक गाईजात्रे प्रहसन बनाएको कलाकार जोगिन्दरले बताउनुभयो ।

विगत २२ वर्षदेखि व्यङ्ग्यका कोसेली पस्किदै आउनु भएको जोगिन्दरको यो प्रहसन ओएसआर युट्युब च्यानलले छ दिन अघि सार्वजनिक गरेको हो । 

प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।

लेखन, निर्देशन, प्रस्तुति समेत ‘जोगिन्दर’कै रहेको ‘ठग–ठाग कम्पनीमा प्यारोडी गीतहरु पनि छन् ।  ‘काले केटाले’ भन्ने  चर्चित गीतमा प्यारोडी बनाइएको छ। गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारिएको छ। 

गत वर्ष उहाँले  ‘लुछाचुँडी’ ल्याउनु भएको थियो ।

जोगिन्दरको ‘ठग– ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले , सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल सहभागी हुनुहुन्छ ।

 ‘ठग– ठाग कम्पनी’को पोष्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।

गाईजात्रा कलाकारका लागि एउटा महान् उत्सव भएको कलाकार जोगिन्दरले बताउनु भयो ।

https://www.youtube.com/watch?v=Pv4AJOEKn8Q&t=1s