१ असोज २०८१, मङ्गलवार

विधिसम्मत चलेका सहकारीमा समस्या छैन : अध्यक्ष ढकाल

२६ साउन २०८१, शनिवार
Image

झापा, २६ साउन । जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले विधिसम्मत तरिकाले सञ्चालित सहकारी संस्थामा कुनै समस्या नआएको बताउनु भएको छ ।

बचत तथा ऋण सहकारी संघ झापाले १४ औं स्थापना दिवस अवसरमा आज विर्तामोडमा आयोजित कार्यक्रमा उहाँले उक्त कुरा बताउनु भएको हो ।

संघका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि ढकालले सहकारीहरु दर्शन, सिद्धान्त र मूल्य मान्यतामा अविचलित हुन आवश्यक रहेको समेत बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट बचत कारोेवार गर्ने न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था र ऋणतर्फ उत्कृष्ट कारोवार गर्ने जनशक्ति बचत तथा ऋण सहकारी संस्थालाई वार्षिक साधारण सभामा सम्मान गर्ने घोषणा गरिएको छ ।

उक्त कार्यक्रमको अवसरमा सर्वोच्च अदालतका उप–सचिव राजन सुवेदीको सहजीकरणमा कर्जा जोखिम विश्लेषण तथा कानूनी परामर्शसम्वन्धी एक दिवसीय तालिमसमेत आयोजना गरिएकोे थियो ।

संघका सचिव याम चुडालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य  वरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीले गरेका थिए ।