१ असोज २०८१, मङ्गलवार

स्वास्थ्य बीमा ५ लाखको बनाउन मन्त्रीको प्रस्ताव

२७ साउन २०८१, आइतवार
Image

झापा, २८ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ  पुर्याउन प्रस्ताव गर्नु भएको छ। आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन  प्रस्ताव गरेका हुन् ।  

आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित  गर्ने उहाँले बताउनु भयो । 

मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य  बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताउनुभयो । 

पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध छन् ।