१ असोज २०८१, मङ्गलवार

कोशीमा प्रत्यारोपण उपकेन्द्र खोल्ने स्वास्थ्यमन्त्रीको घोषणा

२९ साउन २०८१, मङ्गलवार
Image

काठमाडौं, २९ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका लागि उपकेन्द्र खोलिने घोषणा गर्नु भएको छ।

विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्नेहरुलाई सम्मान गर्दै मन्त्री पौडेलले उक्त कुरा बताउनु भएको हो । 

उहाँले मानव अंगदानका लागि तत्काल कोशी प्रदेशबाट काम थालिने बताउनुभयो ।

उहाँले कोशीमा छिट्टै उप केन्द्र खुल्ने जानकारी दिंदै अरु प्रदेशमा पनि चाँडै काम थालिने गरी तयारी अघि बढिरहेको बताउनुभयो। 

यस्तै मन्त्री पौडेलले मानव अंगदान जीवनदान भएको भन्दै यसलाई प्रोत्साहित गरिनु जरुरी रहेको उल्लेख गरे। कार्यक्रममा अंगदातालाई सम्मान गर्दै मन्त्री पौडेलले आफूले पनि अंगदान गर्ने घोषणा गरे ।