१ असोज २०८१, मङ्गलवार

बीएन्डसी मेडिकल कलेजले पायो ५० सिट

२२ भदौ २०८१, शनिवार
Image

झापा, २२ भदौ  बीएन्डसी मेडिकल कलेजले एमबीबीएस (डाक्टर) पढाउनका लागि पहिलोपल्ट ५० सिट प्राप्त गरेको छ ।

चिकित्सा शिक्षा आयोगले शुक्रवार सूचना जारी गर्दै एमबीबीएसको सिट निर्धारण गरेको बीएन्डसी मेडिकल कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

यसपटक चार वटा नयाँ कलेजले सिट पाएका छन् । जसमा निजी कलेजमध्ये बीएन्डसी मात्र रहेको छ । सरकारी कलेजहरुमा मधेश, रापती र पोखरा रहेका छन् ।

“सिंगो झापाबासीका लागि खुशीको खबर हो,” जनसम्पर्क अधिकृत गिरीले भन्नुभयो–“झापाबासीले अब आफ्नै आँगनमा रहेको मेडिकल कलेजमा आफ्ना छोराछोरीलाई डाक्टर पढाउने अवसर पाउनेछन् ।”